एशियन लाइफ इन्स्योरेन्सको समायोजित सेयरमूल्य ४७१.६२ रुपैयाँ

नोटबजार संवाददाता ।
काठमाडौं ।
४आश्विन, २०७९, मंगलवार / Sep 20, 2022 10:04:am

एशियन लाइफ इन्स्योरेन्सको समायोजित सेयर मूल्य ४७१.६२ रुपैयाँ निर्धारण भएको छ ।

इन्स्योरेन्सको १४.५० प्रतिशत बोनस सेयर समायोजन पछि असोज ४ गते मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मूल्य समायोजन भएको हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले समायोजन गरेको सेयरमूल्यलाई आधार मानेर मंगलबार कम्पनीको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम मूल्यलाई आधारमा मानेर सेयर मूल्य समायोजन भऐको हो । आइतबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

लाभांश पारित गर्न इन्स्योरेन्सले असोज १३ गते बिहीबार होटल क्लासिक सिमरा, बारामा बिहान साढे ११ बजे १४ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित नाफाबाट प्रस्तावित लाभांश अनुमोदन, संस्थापक–सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments