बैंक अफ इङ्गल्याण्डले फेरि बढायो ब्याजदर, मन्दीको चेतावनी

नोटबजार संवाददाता
काठमाण्डौं ।
६आश्विन, २०७९, बिहीबार / Sep 22, 2022 19:41:pm

बैंक अफ इङ्गल्याण्ड (बीओई) ले दशकौंको उच्च मुद्रास्फीतिको सामना गर्न बिहीबार फेरि आफ्नो ब्याज दरमा तीव्र वृद्धि गरेको छ। बैंकले बेलायती अर्थतन्त्र मन्दीमा फस्ने चेतावनी पनि दिएको छ ।

बेलायती बैंकको लगातार दोस्रो पटकको ०.५ अङ्कको वृद्धि यस हप्ताको अमेरिकी फेडरल रिजर्भ र अन्य वैश्विक केन्द्रीय बैंकहरूले ब्याज दरमा गरेको उच्च वृद्धिपछि भएको छ हो ।

बेलायती नीति निर्माताहरूले शीघ्र तथा उच्च रूपमा भएको उपभोक्ता मूल्यहरू नियन्त्रण गर्न खोजिरहेका छन्।

बैंकले प्रमुख ब्याज दरलाई ०.५ प्रतिशत बिन्दुले २.२५ प्रतिशतमा पु¥याई अधिकांश बजारका अपेक्षाहरू पूरा गरेको छ । बैंकको अगस्टको कदमलाई दोहो¥याउँदै पहिले नै ऋण लागतलाई १४ वर्षको उच्च विन्दुमा पु¥याएको थियो।

बेलायती प्रधानमन्त्री लिज ट्रसले व्यवसाय र घरपरिवारका लागि ऊर्जाको मूल्य स्थिर गर्ने र देशको जीवनयापनको लागत्लाई कम गर्ने योजनाको परिणामस्वरूप मुद्रास्फीतिको दृष्टिकोणमा सुधार भएको उल्लेख गरिएको छ।

ब्याज दर २००८ पछिको उच्चतम विन्दुमा 

“बैंक अफ इङ्ल्यान्डले मूल्यवृद्धिलाई नियन्त्रण गर्ने प्रयास गरेकाले बैंक दर सन् २००८ यताकै उच्च विन्दुमा पुगेको छ,” इन्टरएक्टिभ इन्भेस्टर्स एनालिस्ट भिक्टोरिया स्कोलरले भने।

विश्व बैंकले चालू तेस्रो त्रैमासिक वा सेप्टेम्बरको अन्त्यसम्ममा बेलायतको अर्थतन्त्र खुम्चिने सङ्केत पनि गरेको छ।

अघिल्लो तीन महिनामा ०.१ प्रतिशतले खुम्चिएपछि यसले बेलायतलाई मन्दीमा धकेल्नेछ । मन्दीको प्राविधिक परिभाषा नकारात्मक वृद्धिको दुई सीधा त्रैमासिक हो ।

यसैबीच, विश्व बैंकले आगामी महिना मुद्रास्फीति ११ प्रतिशतमा पुग्ने प्रक्षेपण गरेको छ ।

“अगष्टदेखि ग्यासको थोक मूल्यमा अत्यधिक उतारचढाव देखिएको छ,” बैंकले भनेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments