ओपेकको कच्चा तेल उत्पादन कटौती निर्णयले अमेरिका रुष्ट

0
Shares

पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन (ओपेक) ले नोभेम्बर महिनाबाट प्रतिदिन २० लाख ब्यारलका दरले कच्चा तेलको उत्पादन कटौती गर्ने जनाएको छ।

ओपेकको यो निर्णयले देशहरुलाई दुई भागमा विभाजन गरेको छ । रुस र रुसका मित्र राष्ट्रहरु ओपेकको यो निर्णयबाट खुशी भएका छन् भने अमेरिकाले ओपेकलाई नेतृत्व गरेको साउदी अरेबियासँग रुष्टता जनाएको छ ।

ओपेकले तेल उत्पादनमा कटौती गर्ने निर्णय गरेसँगै अमेरिका र साउदी अरेबियाको सम्बन्ध चिसिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ओपेकको यस निर्णयको परिणाम साउदी अरेबियाले भोग्नु पर्ने बताएका छन् । ओपेक प्लस राष्ट्रहरुले रुसलाई अप्रत्यक्ष रुपमा सहयोग गरेको अमेरिकाको आरोप छ।

विश्वव्यापी रुपमा इन्धनको मूल्य आकाशिएको समयमा ओपेकले गरेको उक्त निर्णयले इन्धनको मूल्य थप वृद्धि गर्ने छ । त्यसको प्रभाव अमेरिकामा नोभेम्बर महिनामा हुन गईरहेको मध्यवर्ती निर्वाचनमा पनि पर्ने छ ।

विश्वको सबैभन्दा बढी कच्चा तेल प्रयोग गर्ने राष्ट्र अमेरिका रहेको छ र रुसले युक्रेनमा युद्ध सुरु गरेदेखि नै अमेरिकाले तेलको मूल्य स्थिर राख्न रिजर्भबाट तेल निर्यात गरिरहेको थियो । ओपेकको यो निर्णयले जो बाइडेनको इन्धनको मूल्य स्थीर राख्ने एजेन्डामा समस्या थपेको छ ।

यसैबीच रुसी प्रवक्ता डिमिट्री पेस्कोभले ओपेकको यो निर्णयको सराहना गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ असाेज २०७९, बुधबार  १६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।