साउदीको अरामकोले दोस्रो चरणमा ३० अर्ब डलरको आइपीओ जारी गर्दै

0
Shares

साउदी अरेबियामा रहेको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी अरामकोले दोस्रो चरणमा ३० अर्ब डलर बराबरको सार्वजनिक निष्कासन गर्ने भएको छ ।

यस अघि सन् २०१९ डिसेम्बरमा अरामकोले २६ अर्ब डलर बराबरको आइपीओ बेचेको थियो । जसकारण अरामकोको नेटवर्थ बढेर १.७ ट्रिलियन डलर पुगेको थियो ।

यस अघि सन् २०२२ को अन्त्यसम्ममा दोस्रो चरणको आइपीओ जारी गर्ने बताएता पनि विश्व अर्थतन्त्र अनिश्चितता तर्फ धकेलिएका कारण आइपीओ निष्काशनमा ढिलाइ हुन सक्ने बलुमबर्गले जनाएको छ ।

२.०९ ट्रिलियन डलर बजार पुँजीकरण रहेको अरामकोमा ९८.५ प्रतिशत लगानी साउदी सरकारको रहेको छ । यस अघि निष्कासन गरेको आइपीओको हिस्सा कम्पनीको १.५ प्रतिशत रहेको छ ।

यसैगरी अरामको कम्पनीले विश्वव्यापी रुपमा तेल तथा प्राकृतिक ग्यास उत्पादनको १७ प्रतिशत ओगटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: ३ कात्तिक २०७९, बिहीबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।