एनआईसी एशियाका तीन म्युचुअल फण्डको प्रतिफल सुरक्षित गर्ने सोमबार अन्तिम दिन

0
Shares

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित तीन सामुहिक लगानी कोष योजनाहरू (म्युचुअल फण्ड) को प्रतिफल (लाभांश) सुरक्षित गर्ने कात्तिक १४ गते सोमबार अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया म्युचुअल फण्डद्धारा सञ्चालित तीन योजनाहरू एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल पाउन सोमबारसम्म इकाईधनी कायम भैसकेको हुनुपर्छ ।

एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले समान कर सहित १३ प्रतिशत र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसमेत ६ प्रतिशतका दरले गत आर्थिक वर्ष २०७८।७९ को सञ्चित मुनाफाबाट प्रतिफल घोषणा गरेका थिए ।

उक्त प्रतिफल वितरणका लागि तीनवटै फण्डहरुले कात्तिक १५ गते मंगलबार एक दिन बुकक्लोज गर्दैछन् । क्लोजको आधारमा तीन वटै योजनाको प्रतिफल भोलिसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्नेछन् ।

एनआईसी एशिया ग्रोथ फण्ड ७ वर्षे र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड १० वर्षे अवधिका बन्दमुखी योजना हुन् । एनआईसी एशिया डायनामिक डेप्ट फण्ड भने खुलामुखी योजना हो ।

बन्दमुखी फण्डको कारोबार नेप्से मार्फत हुने गरेको छ भने खुलामुखी फण्डको कारोबार योजना व्यवस्थापक र सो ले तोकेको केन्द्रबाट खरिद बिक्री गर्न सकिन्छ ।

तिहारअघि कात्तिक ७ गतेदेखि सेयर बजार बन्द रहेको छ । छठ पर्वको विदापछि कात्तिक १४ गते (भोलि) देखि नै धितोपत्र दोस्रो बजार सञ्चालनमा आउनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ कात्तिक २०७९, आइतबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।