एनआईसी एशिया ब्यालेन्स्ड फन्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य मंगलबार समायोजन भएको छ । कात्तिक १५ गते मंगलबार दुबै फण्ड प्रतिफल वितरणका लागि बुकक्लोज गरसँगै नेप्सेले लाभांश समायोजन गरी नयाँ भाउ तोकेको हो ।
नेप्सेका अनुसार १३ प्रतिशत प्रतिशत प्रतिफल (नगद लाभांश) मा मूल्य समायोजनपछि ब्यालेन्स्ड फन्डको प्रतिइकाईमूल्य ८.७८ रुपैयाँ तथा ग्रोथ फन्डको ९.२५ रुपैयाँ तोकिएको छ ।
सोमबार ब्यालेन्स्ड फन्डको प्रतिइकाई १०.०८ रुपैयाँ तथा ग्रोथ फन्डको प्रतिइकाई १०.५५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । सोही अन्तिम मूल्यमा १३ प्रतिशत नगद लाभांश समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।
यससँगै अब दुबै फन्डको मंगलबार समायोजनपछिको मूल्यलाई आधार मानेर पहिलो कारोबार खुल्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया