एनआईसी एशिया क्यापिटलको ९९९ रुपैयाँमा ‘लाईफटाइम डिम्याट खाता योजना’

0
Shares

एनआईसी एशिया क्यापिटलले ‘पे वन टाइम फरगेट फर लाइफटाइम’ भन्ने नाराका साथ ९९९ रुपैयाँमा लाईफटाइम डिम्याट खाता योजना सञ्चालनमा ल्याएको छ ।

क्यापिटलले न्यून शुल्कमा आफ्नो ग्राहकहरुलाई उच्च कोटिको सेवा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उक्त योजना ल्याएको हो । योजना अन्तर्गत ग्राहकले एकमुष्ठ ९९९ रुपैयाँ भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन गर्न मिल्ने गरि डिम्याट खाता नवीकरण हुनेछ । कुनै पनि निक्षेप सदस्यमा डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालाहरुले प्रत्यक वर्ष डिम्याट खाता नवीकरण शुल्क वापत १०० बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था छ । हरेक वर्ष डिम्याट खाता नविकरण शुल्क भुक्तानी गर्नुपर्ने र नवीकरण शुल्क भुक्तानी गर्ने प्रकृया निकै झनझटिलो रहेको हुँदा यस क्यापिटलले आफ्नो ग्राहकहरुलाई न्यून शुल्कमा आजीवन डिम्याट खाता नविकरण गरिदिने व्यवस्था मिलाएको जनाएको छ ।

विदेशमा जानेलाई झनै सहज

क्यापिटलले ल्याएको आजीवन डिम्याट खाता खोलेपछि नवीकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले आगामी दिनमा कम्पनीहरुले प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुको लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था गरिसकेको छ । यस्तो अवस्थामा उक्त योजनाले
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा जान लागेका व्यक्तिहरुलाई न्यून शुल्कमा डिम्याट खाता खोली नवीकरण गर्ने झन्झटबाट मुक्ती पाउनेछन् ।

योजना एनआईसी एशिया क्यापिटल तथा एनआईसी एशिया बैंक लिमिटेको सम्पूर्ण शाखा कार्यालयहरुबाट डिम्याट खाता खोली आजको मितिमा नवीकरण शुल्क भुक्तानी गर्न बाँकी नरहेका सम्पूर्ण खातावालाहरु तथा नयाँ खाता खोल्ने ग्राहकहरुले समेत लिन सक्नेछन् ।

यस एन आई सी एशिया लाईफटाइम डिम्याट खाता नविकरण योजना अर्को सूचना जारी नभएसम्म सञ्चालन हुने क्यापिटलको भनाई छ । साथै डिम्याट खातावालाहरुले आफ्नो खाता नवीकरण भए÷नभएको सम्बन्धी जानकारी क्यापिटलको वेवसाईट वा सोझै क्लिक गरी हेर्न सक्नेछन् ।

क्याटिलको आजीवन डिम्याट खाता योजनामा सहभागि हुनको लागि क्यापिटलको नाममा एनआईसी एशिया बैंक लिमिटेड, थापाथली, काठमाण्डौमा रहेको बैंक खाता नं. ५४४४४५१०२५५२४०१७ ९९९ रुपैयाँ रकमान्तरण गरी वा अनलाईन भुक्तानी माध्येमहरुइसेवा, खल्ती, कनेक्ट आईपीएस। प्mोनप र आईएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ । साथै नवीकरण शुल्क भुक्तानी गर्दा डिम्याट खाता नम्बर तथा सम्बन्धित खाताबालाको मोबाइल नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्नेछ ।

यस सम्बन्धमा कुनै समस्या वा थप जानकारीको लागि क्यापिटलको मोवाईल नम्बरहरु ९८४७३४५०९९, ९८४७३४५१०७ र ९८४८८६५२२३ मा सोझै सम्पर्क गर्न सकिने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७९, शुक्रबार  १५ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।