रिडी पावरको बम्पर लाभांश प्रस्ताव

-नोटबजार संवाददाता ।
काठमाण्डौं ।
६मंसिर, २०७९, मंगलवार / Nov 22, 2022 16:23:pm

रिडी पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको मङ्सिर ६ गते मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल ४२.१० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

तत्कालीन रिडी पावर डेभलपमेन्ट लिमिटेड र रैराङ हाइड्रोपावरबीच मर्जर भइ रिडी पावर कम्पनी बनेको हो । दुई कम्पनीबीच भएको मजृको स्वाप र विद्युत बिक्री बाहेक अन्य स्रोतबाट भएको आम्दानीबाट कम्पनीले सेयरधनीलाई आकर्षक लाभश वितरण गरेको हो ।

कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेको छ । प्रस्तावित चुक्ता पुँजीको ४० प्रतिशत (४४ करोड २५ लाख ४३ हजार २०० रुपैयाँ) बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ पुग्नेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments