भारतले स्टील निर्यातमा लगाएको कर घटायो

नोटबजार संवाददाता
काठमाण्डौं ।
६मंसिर, २०७९, मंगलवार / Nov 22, 2022 16:31:pm

स्टील माइनर तथा स्टील उद्योग व्यवसायीको बारम्बारको अनुरोध पछि भारतले स्टीलमा लगाएको निर्यात कर घटाएको छ । भारतले स्टीलको निर्यातमा यसअघि लगाएको ५० प्रतिशत करलाई घटाएर ३० प्रतिशत कायम गरेको हो ।

गत मे महिनामा भारतले फलामका सामाग्रीहरुको निर्यातमा ५० देखि ५८ प्रतिशत सम्मको कर लगाउँदै आएको थियो । भारतमा मुद्रास्फीति दर आकाशिदै गएपछि, स्टील तथा फलामबाट निर्मित सामाग्रीको आपूर्ति आन्तरिक रुपमा बढाउन र मूल्यवृद्धि नियन्त्रण गर्न निर्यात कर बढेको थियो ।

निर्यात कर बढेपछि भारतले गत वर्षको अक्टोबर महिनामा गरेको भन्दा आधा प्रतिशत मे देखि अक्टोबरसम्म निर्यात गरेको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । त्यसैगरी भारत सरकारले स्टिल उत्पादनहरुमा गत मे देखि लागु गरेको १५ प्रतिशत निर्यात कर पनि हटाएको छ ।

सरकारले निर्यात कर कम गरेता पनि बजारले पुरानो गति लिन धेरै समय लाग्ने माइनर तथा व्यवसायीहरुको गुनासो रहेको छ ।

यसै सम्बन्धमा फेडरेसन अफ इन्डियन मिनिरल इन्डिस्ट्रीजका सचिव आरके शर्माले चिनियाँ बजार चलायमान नहुँदा स्टील तथा फलामको माग कम रहेको र यस समयमा निर्यातले पहिलेको गति लिन नसक्ने बताएका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

 


Share on:


Comments