फेडले ब्याजदर नबढाउने आशामा विश्व सेयर बजार उकालोतर्फ
फेडरल रिजर्भ (फेड) ले आगामी महिनामा ब्याजदर नबढाउने आशामा रहेका लगानीकर्ताहरुको मनोबल सकरात्मक रहँदा विश्व सेयर बजारमा हरियाली छाएको छ ।
अक्टोबर महिनाको मुद्रास्फीति सूचाङ्ककमा आएको सुधारका कारण लगानीकर्ताहरुले फेडले डिसेम्बर महिनामा ब्याजदर नबढाउने अनुमान गरेका हुन् । यसैगरी कोभिड–१९ का कारण चीनको आर्थिक गतिविधि सुस्ताएपछि चिनियाँ सरकारले आर्थिक स्टीमुलसको घोषणा गरेको छ । जसको प्रभाव विश्व सेयर बजारमा सकरात्मक रहेको हो ।
जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचाङ्क एमएससीपीआई आज ०.८ प्रतिशतले उकालो लागको छ । यसैगरी दक्षिण कोरियाको सेयर सूचाङ्क ०.६ प्रतिशत, चिनियाँ ब्लुचिप्स ०.५ प्रतिशत र हङकङको ह्याङसेङ सूचांक ०.९ प्रतिशतले बढेको छ ।
जापानको सेयर सूचाङ्क १.३ प्रतिशतले बढेको छ भने अमेरिकी सेयर सूचाङ्क एस एन्ड पी ५०० र नास्डाङ्कमा क्रमश ०.२ र ०.३ प्रतिशतको सकरात्मक सुधार देखिएको छ ।
विगत चालिस वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मुद्रास्फीति नियन्त्रण गर्न औसत ब्याजदर वृद्धि गरिरहेको छ । सन् २०२२ को मार्च महिनासम्म शून्य प्रतिशत रहेको ब्याजदर नोभेम्बर महिनामा ३.७५ देखि ४ प्रतिशतसम्म कायम रहेको छ ।
📣 समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।