एनआईसी एशिया क्याटिलले बाँड्यो सर्वाधिक लाभांश, ७ को शुन्य

0
Shares

एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०७८-७९ को सञ्चित मुनाफाबाट सर्वाधिक ५५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

हालसम्म १२ वटा क्यापिटलले गत आवको नाफाबाट लाभांश वितरण गरेका छन् । दोस्रो र तेस्रो ठूलो लाभांश सिद्धार्थ र सनराइज क्यापिटलले समान २५(२५ प्रतिशत लाभांश वितरण गरेका छन् ।

मेगा क्यापिटल मार्केट, एनएमबि क्यापिटल र एनआईबिएल एस क्यापिटलले २० प्रतिशत बढी लाभांश वितरण गरेका छन् । सबैभन्दा कम कुमारी क्यापिटलले ५ प्रतिशत लाभांश वितरण गरेको छ ।

बाँकी सात लाभांश शुन्य रहेको छ । गत आवको नाफाबाट लाभांश वितरण नगर्ने क्यापिटलहरुमा मुक्तिनाथ क्यापिटल, सिबिआईएल, सेञ्चुरी, ग्लोबल आईएमई, नबिल इन्भेष्ट बैंकिङ्ग, गरिमा क्यापिटल र सिभिल क्यापिटल रहेका छन् ।

माछापुच्छ्रे कृति क्यापिटलले भने हालसम्म साधारण सभा समेत बोलाएको छैन ।

S.N. Sector -Capital Markets Stock Symbol Bonus Cash Total
1 NIC Asia Capital Limited NICACL 0.00 55.00 55.00
2 Siddhartha Capital Limited SIDCL 0.00 25.00 25.00
3 Sunrise Capital Limited (NCM/NIDC) SUCL 0.00 25.00 25.00
4 Mega Capital Markets Limited MCML 0.00 24.50 24.50
5 NMB Capital Limited NMBCAP 0.00 21.05 21.05
6 NIBL Ace Capital Limited NIBLACE 0.00 20.00 20.00
7 Sanima Capital Limited SANCAP 0.00 15.79 15.79
8 Laxmi Capital Market Limited LAXMICAP 7.00 7.00 14.00
9 Prabhu Capital Limited PRABHU 0.00 9.00 9.00
10 RBB Merchant Banking Limited RMBL 0.00 7.50 7.50
11 BOK Capital Market Limited BOKCML 0.00 5.79 5.79
12 Kumari Capital Limited KCL 0.00 5.00 5.00
13 Muktinath Capital Limited MuktinathCap 0.00 0.00 0.00
14 CBIL Capital Limited CBIL 0.00 0.00 0.00
15 Century Capital Markets Limited CCML 0.00 0.00 0.00
16 Global IME Capital Limited GBIMEL 0.00 0.00 0.00
17 Nabil Investment Banking Limited NABILINV 0.00 0.00 0.00
18 Garima Capital Limited GCL 0.00 0.00 0.00
19 Civil Capital Market Limited CCML 0.00 0.00 0.00

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।