कर्जा र निक्षेप विचको ब्याजदर अन्तर ०.४ प्रतिशत विन्दुले घट्यो


नेपाल राष्ट्र बैंकले बैंक तथा विकास बैंक वित्त कम्पनीको कर्जा तथा निक्षेपको ब्याजदर अन्तर स्प्रेड रेट घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासीक समिक्षा मार्फत केन्द्रिय बैंकले ०.४ प्रतिशत विन्दुले स्प्रेड घटाएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवको पहिलो त्रैमासिक समिक्षा मार्फत वाणिज्य बैंकका लागि स्प्रेड रेट ४.४ प्रतिबाट घटाएर ४ प्रीतशतमा झारेको हो । त्यसैगरी विकास बैंक र वित्त कम्पनीको ५ प्रीतशत रहेको स्प्रेड रेट ०.४ प्रतिशत विन्दुले घटाएर ४.६ प्रतिशतमा झरेको छ ।

बैंक तथा वित्तीय संस्थाको नाफा धेरै भयो भनेर घटाउन खोजेको नभई बजारको अवस्थालाई सन्तुलन कायम गर्नका लागि स्प्रेड घटाएको तर्क कन्द्रीय बैंकको छ ।

पछिल्लो समयमा स्प्रेड कम गरेर भए पनि ब्याजदर घटाउनु पर्ने माग उद्योगी व्यवसयाीहरुले राख्दै आएका थिए । त्यति मात्र नभई उद्योगी व्यवसायीले बढ्दो ब्याजदरको विरोध गर्दै सडकमा उत्रिएका थिए ।

त्यसको नतिजा स्वरुप केन्द्रिय बैंकले व्यवसायलाई ब्याजदर कम हुने गरी स्प्रेड घटाएको हो । तर, बैंकहरुले भने बैंकहरुको नाफा अंकमा मात्र धेरै देखिएको भए पनि लगानीमा प्रतिफ निरन्तर घट्दो क्रममा रहेको बताउँदै आएका छन् । त्यति मात्र नभई बैंकहरुले अर्बमा गरेको नाफा खर्बको लगानीबाट भएकाले त्यो पक्षलाई पनि ध्यान दिने पर्ने बैंकहरुको भनाई छ ।

वित्तीय बजारलाई सन्तुलनमा राख्नका लागि स्प्रेड घटाएको कन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए । स्प्रेड मार्फत थप ब्याजदर बढ्न नदिन स्प्रेड बढाएको उनको भनाई छ । समीक्षा मार्फत त्यसैगरी कर्जा निक्षेप अनुपातमा पनि केही सहजता दिने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।

स्प्रेड घटाउदा बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा राष्ट्र बैंकको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने समीक्षामा उल्लेख छ ।

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगेमा बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरिवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरावलोकन गरिने समीक्षामा उल्लेख छ । तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाइने समेत समीक्षामा उल्लेख छ ।

त्यसैगरी समीक्षाले लघुवित्त वित्तीय संस्थाले आगामी माघदेखि आधार दर मासिक रुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।