ग्रीन भेन्चर्सको खुद नाफा साढे १९ करोड

0
Shares

ग्रीन भेन्चर्स लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १९ करोड ४५ लाख ९० हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ५३ लाख ७१ हजार खुद नोक्सानीमा रहेको थियो । कम्पनीले २०७८ साल कात्तिक २१ गतेदेखि व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरू गरेको थियो । सोही कारण गत आवमा कम्पनी नोक्सानीमा रहेको हो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ३१ लाख ६२ हजार रुपैयाँ सञ्चित रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको जगेडा कोष २० करोड ८७ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको थियो ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा कम्पनीले ५२ करोड ५ लाख १७ हजार रुपैयाँको विद्युत् बिक्री गरेको छ । यस्तै गत आर्थिक वर्षभन्दा यस वर्ष कम्पनीको वित्तीय खर्च बढेको छ । कम्पनीको वित्तीय खर्च ८० हजारबाट बढेर १६ करोड ७६ लाख रुपैयाँभन्दा माथि पुगेको हो ।

पहिलो त्रैमाससम्म कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक २४.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.६६ रुपैयाँ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १२ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।