चिलिमे जलविद्युतले लाभांश पारित गर्न डाक्यो पुस २२ गते एजीएम

0
Shares

चिलिमे जलविद्युत कम्पनीले लाभांश पारित गर्न आगामी पुस २२ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ७.५० प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नै नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ ।

सभाले आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयहरुमा छलफल गरी ती प्रस्तावहरु पारित गर्ने एजेन्डा छ ।

चिलिमे जलविद्युत कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ३ गते आइतबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार मंसिर २९ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार  ०९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।