ट्वीटरका ब्लुटिक प्रयोगकर्ताले वार्षिक १७ हजार खर्चिनुपर्ने

0
Shares

ट्वीटरका ब्लुटिक प्रयोगकर्ता अर्थात् प्रमाणित भएका अकाउन्टहरुले ब्लुटिक प्रयोग गरेबापत वार्षिक १३२ डलर अर्थात् १७ हजार नेपाली रुपैयाँ खर्चिनु पर्ने भएको हो।

ट्वीटर अधिग्रहण गरेका एलन मक्सले यसअघि ब्लुटिक प्रयोगकर्ताहरुले मासिक ८ डलर भुक्तानी गर्नुपर्ने बताएका थिए । तर हालै उनले एप्पल प्रयोगकर्ताहरुले मासिक रुपमा ११ डलर र वेबसाइटबाट प्रयोग गर्ने प्रयोगकर्ताहरुले ७ डलर तिर्नु पर्ने जनाएका छन् ।

यसैगरी उनले ट्वीटरको प्रमाणित अकाउन्टहरु मानिस र संस्थाहरुको भिन्न भिन्न हुने जानकारी दिएका छन् । मानिसहरुले प्रमाणित अकाउन्टका लागि ब्लुटिक पाउने छन् भने व्यवसायका अकाउन्टहरुले ह्वाइट गोल्ड रंगको चेकमार्क र सरकारी संस्थाका अकाउन्टहरुले ग्रे रंगको चेकमार्क पाउने छन् ।

मक्सले ट्वीटर खरिद गरेपछि ट्वीटरले विज्ञापन मार्फत गर्दै आएको आम्दानीलाई घटाउने र प्रयोगकर्ताहरु मार्फत नै आम्दानी गर्ने नीति अघि सारेका छन् । उनले ट्वीटर खरिद गर्नुअघि ट्वीटरले आफ्नो कुल आम्दानीको ९० प्रतिशत आम्दानी विज्ञापन मार्फत गर्दै आएको थियो । उनको विज्ञापनलाई कम गरी प्रयोगकर्ताहरुबाट भुक्तानी लिई आम्दानी बढाउने निर्णयले आमजनमानसका साथै ट्वीटरमा विज्ञापन गर्दै आएका कम्पनीहरुमा रुष्टता बढेको छ ।

ट्वीटरका ठूला विज्ञापनदाता फोक्सवागन, जेनेरल मोटर्स, स्नापच्याट लगायतका कम्पनीहरुले ट्वीटरमा गर्ने विज्ञापन कटौती गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ मंसिर २०७९, शुक्रबार  १२ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।