एक करोड धेरैले गरे एलन मक्सले सीइओ छाड्नुपर्नेमा मतदान

0
Shares

विश्वभरका १ करोड ६३ हजार ८७४ ट्वीटर प्रयोगकर्ताहरुले एलन मक्सलाई प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिनेमा मतदान गरेका छन् ।

मक्सले सोमबार ट्वीटरमा एक ट्वीट गर्दै ‘के म ट्वीटरको प्रमुख कार्यकारी पदबाट हट्नु पर्छ’ भनी प्रश्न मार्फत पोल संकलन गरेका थिए । उनले उत्तरमा छाड्नुपर्छ वा छाड्नुपर्दैन भनेर क्लिक गरी भोट गर्ने अप्सन दिएर मतदान गर्न प्रयोगकर्ताहरुलाई आग्रह गरेका थिए ।

ट्वीटरमा १२ करोड २३ लाख फलोअर्स भएका मक्सले राखेको उक्त पोलमा १ करोड ७५ लाख २ हजार ३९१ जनाले भोट गरेका छन् । जसमध्ये १ करोड ६३ हजार ८७४ मानिसहरुले मक्सले पद छाड्नुपर्छ भन्नेमा मतदान गरेका छन् भने ७४ लाख ३८ हजार ५१७ जनाले छाड्नु हुँदैन भन्नेमा भोट गरेका छन् ।

उनको उक्त पोलमा ५ लाख ४० हजार जनाले लाइक, २ लाख ५७ हजार वटा रिट्वीट, १ लाख ७० हजार कोट ट्वीट भएका छन् ।

पोलको नतिजा पालना गर्ने प्रतिबद्धता जनाएका मक्सले आगामी समयमा के गर्छन् भन्ने प्रश्न उठेको छ । पोलमा भोट गरेका मानिसहरुले ट्वीटरको प्रमुख पदमा ज्याक डोर्सीलाई फिर्ता ल्याउनुपर्ने माग गरेका छन् । डोर्सीले सन् २०१५ देखि सन् २०२१ सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यभार सम्हालेका थिए ।

मक्सले अक्टोबर महिनामा ४४ बिलियन डलर लागतमा ट्वीटर अधिग्रहण गरेका थिए । उनले अधिग्रहण गरेपछि विभिन्न नीतिगत परिवर्तनहरु गरिरहेका छन् । उनले ट्वीटरको स्वामित्व लिएपछि कुल आम्दानीको ५० प्रतिशत विज्ञापनबाट र ५० प्रतिशत प्रयोगकर्ताहरुबाट लिने निर्णय गरेपछि उनको निर्णयको चर्को आलोचना भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७९, मंगलबार  १३ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।