लाभांश घोषणा गर्ने लघुवित्तको संख्या आधा दर्जन नाघ्यो, कसको कति ?

0
Shares

गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीहरुको संख्या आधा दर्जन बढी पुगेको छ ।  मेरो माइक्रोफाइनान्सले बुधबार लाभांश प्रस्ताव गरेसँगै हालसम्म लाभांश घोषणा गर्ने लघुवित्त कम्पनीको संख्या ८ पुगेको हो ।

हालसम्म जाल्पा सामुदायिक लघुवित्त, फरर्वाड माइक्रोफाइनान्स लघुवित्त, साना किसान विकास लघुवित्त, आरएमडिसी लघुवित्त, फस्ट माइक्रोफाइनान्स लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसी लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गरेका छन् ।

लाभांश घोषणा गरेका लघुवित्तीय कम्पनीमध्ये हालसम्म जाल्पा सामुदायिक लघुवित्तले सर्वाधिक चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३.८४ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । गुराँस लघुवित्त वित्तीय संस्थाले सबैभन्दा कम ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी कुल ४.२१ प्रतिशत प्रस्ताव गरेको छ ।

यसैगरी फरर्वाडले चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत, साना किसान विकास तथा आरएमडिसी लघुवित्तले समान चुक्ता पुँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२६ प्रतिशत नगद गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फस्ट माइक्रोफाइनान्स लघुवित्तले गत आवको नाफाबाट सेयर लगानीकर्तालाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत, मेरो माइक्रोफाइनान्स लघुवित्तले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल २० प्रतिशत  लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आरएसडिसी लघुवित्तले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश दिने भएको छ ।

लाभांश प्रस्ताव गरेका सबै ८ वटै लघुवित्तको लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि सेयर दाखिल खारेजी (बुकक्लोज) हुन बाँकी रहेको छ । जुनसुकै कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।

फस्ट माइक्रोफाइनान्स बाहेक कुनैपजि कम्पनीले साधारण सभा बोलाएका छैनन् । फस्ट माइक्रोफाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा बोलाउँदै पुस १७ गते आइतबार बुकक्लोज मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म अर्थात पुस १४ गते बिहीबारसम्म नेप्सेमा सेयर काराबार भई कायम रहेका लगानीकर्ताहरु मात्र लाभांश पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७९, बुधबार  १६ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।