क्यान महासंघमा रणजित पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

0
Shares

कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । यही पुस ९ गते शनिबार भएको महासंघको २९ औं वार्षिक साधारणसभा एवं १४औं महाधिवेशनले रणजित कुमार पोदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । यसअघि ७४ जिल्ला र सातै प्रदेशका शखा समितिमा अधिवेशन सम्पन्न भएको थियो ।

नयाँ केन्द्रीय कार्यसमितिका लागि पोदार सर्वसम्मत अध्यक्षमा चुनिएका छन् भन् अन्य केही पदमा मतदान गरिएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षमा कुशल रेग्मी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा संस्थागत समूहबाट राजेन्द्र प्रसाद अर्याल, महिला समूहबाट सरिता सिंह तथा जिल्ला शाखा समूहबाट हर्कबहादुर सेटीर ध्रुवराज शर्मा (सुदिप) निर्वाचित भएका छन् ।

त्यस्तै महासंघको महासचिव पदमा चिरञ्जीवी अधिकारी निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा नवीन जोशी निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा सुमनलाल प्रधान (व्यक्तिगत समूह), बुद्धरत्न तुलाधर (संस्थागत समूह) र प्रताप सापकोटा (विषयगत समूह) निर्वाचित भएका छन् । त्यस्तै जिल्ला शाखा समूहबाट सचिव पदमा भुपालदास श्रेष्ठ, नारायणप्रसाद श्रेष्ठ, भूपेन्द्र मैनाली र कर्णराज पनेरु निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा भने विश्वराम बलामी, अग्मा मालाकार, सिर्जना श्रेष्ठ, सुभाष खड्का, विक्रम सिंह, दिव्यतारा शाक्य, निरञ्जन पटेल, केशवप्रसाद भट्टराई, हेमपाल श्रेष्ठ, मिना अर्याल, ठाकुरकुमार श्रेष्ठ, उमेश रघुवंशी, दिपक साह, सरिता न्यौपाने, शेखरनाथ दुलाल, सरुना श्रेष्ठ, चिन्तामणि बास्तोला, तुलसीराम पाण्डे, डा. अभिजीत गुप्ता, दिपेन्द्र पौडेल, मनिराज पाण्डे, राम किशोर रावल, राजु कट्टेल, रीना श्रेष्ठ र भानुभक्त शर्मा (मनोनित) भएका छन् ।

त्यस्तै लेखासमिति संयोजकमा प्रभात श्रेष्ठ तथा लेखासमिति सदस्यद्धयमा हृदयमान श्रेष्ठ र विक्रान्त कार्की चयन भएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १३ पुस २०७९, बुधबार  ११ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।