चार वाणिज्य बैंकले सेयरधनीलाई दिएनन् लाभांश, कृषि विकास बैंकको घोषणा हुन बाँकी

नोटबजार संवाददाता ।
काठमाण्डौं ।
१६पुष, २०७९, शनिबार / Dec 31, 2022 17:18:pm

देशमा सञ्चालित कुल २६ वाणिज्य बैंकमध्ये चार विकास बैंकले लाभांश नबाँड्दा २१ बैंकले भने सेयरधनीलाई लाभांश वितरण गरेका छन् । अब कृषि विकास बैंकको लाभांश प्रस्ताव हुन बाँकी छ ।

गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट पुँजीकोष अनुपात कायम गर्न नसक्दा एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र लक्ष्मी बैंकले लाभांश वितरण गर्न सकेन भने सनराइज बैंकले भने वितरणयोग्य मुनाफा रधनीलाई लाभांश वितरण गर्न नसकेको हो ।

लाभांश वितरण गरेका बैंकमध्ये नबिल बैंकले सर्वाधिक चुक्ता पुँजीको ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ भने सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम ५ प्रतिशत लाभांश वितरण गरेको छ ।

हेर्नुहोस् कुन बैंकको लाभांश कति ?

Sector- Commercial Banks Bonus Cash Total Bookclose AGM
Nabil Bank Limited 18.50 11.50 30.00 Poush 18, Monday Poush 29, Friday
Bank of Kathmandu Ltd. 6.00 14.95 20.95 Asar2,Thusday Mangsir 23, Friday
Everest Bank Limited 13.00 7.68 20.68 Mangsir 13, Tuesday Mangsir 26, Monday
Himalayan Bank Limited 8.00 11.11 19.11 Poush 18, Monday Poush 28, Thusday
Standard Chartered Bank Limited 0.00 16.51 16.51 Mangsir 7, Wednesday Mangsir 25, Sunday
Global IME Bank Limited 3.00 10.60 13.60 Mangsir 7, wednesday Mangsir 23, Friday
Siddhartha Bank Limited 12.50 0.66 13.16 Poush 13, wednesday Poush 28, Thusday
Kumari Bank Limited 0.00 12.50 12.50 Kartik 14, Monday Kartik 21, Monday
Rastriya Banajya Bank 5.00 7.50 12.50 Poush 18, Monday Poush 28, Thusday
Nepal Bank Limited 2.00 10.00 12.00 Poush 14, Thusday Poush 29, Friday
Nepal Credit And Commercial Bank  3.37 7.63 11.00 Kartik 15, Tuesday Mangsir 2, Friday
Nepal Investment Bank Limited 4.00 7.00 11.00 Mangsir 21, Wednesday Poush 7, Thusday
Sanima Bank Limited 10.00 0.98 10.98 Mangsir 19, Monday Poush 3, Sunday
Nepal SBI Bank Limited 3.00 7.53 10.53 Poush 13, wednesday Poush 25, Monday
Citizen Bank International Limited 0.00 9.00 9.00 Ashoj 28, Friday Kartik 4, Friday
Prime Commercial Bank Ltd. 4.00 4.95 8.95 Poush 14, Thusday Poush 28, Thusday
NMB Bank Limited 0.00 8.25 8.25 Poush 11, Monday Poush 25, Monday
Prabhu Bank Limited 6.50 1.50 8.00 Poush 1, Friday Poush 14, Thusday
Mega Bank Nepal Ltd. 4.00 3.79 7.79 Mangsir 23, Friday Poush 7, Thusday
Civil Bank Ltd 5.00 0.26 5.26 Poush 19, Tuesday Poush 28, Thusday
Century Commercial Bank Ltd. 4.75 0.25 5.00 Poush 4, Monday Poush 14, Thusday
Laxmi Bank Limited 0.00 0.00 0.00 Poush 15, Friday Poush 28, Thusday
Sunrise Bank Limited 0.00 0.00 0.00    
Machhapuchhre Bank Limited 0.00 0.00 0.00 Poush 17, Sunday Poush 29, Friday
NIC Asia Bank Ltd. 0.00 0.00 0.00 Poush 18, Monday Poush 29, Friday
Agriculture Development Bank  ADBL        

 

१७ बैंकको बुकक्लोज सम्पन्न, तीन बैंकको सेयर किन्दा लाभांश पाइने

लाभांश घोषणा गरेका २१ मध्ये १७ बैंकले शनिबारसम्म बुकक्लोज गरिसकेका छन्भने चार बैंकको सेयर किन्दा भने अझै लाभांश पाइने अवस्था छन् ।

लाभांश पाइने बैंकहरुमा नबिल बैंक, हिमालयन बैंक र सिभिल बैंक रहेका छन् । नबिल बैंक, हिमालयन बैंकले पुस १८ गते सोमबार बुकक्लोज गर्दैछन् भने सिभिलले पुस १९ गते मंगलबार बुकक्लोज मिति तोकेको छ ।

बुकक्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्ने लगानीकर्ताले लाभांश पाउनेछन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि पुस १८ गते सोमबार बुकक्लोज तोकेपनि बैंकको सेयर नेप्सेमा कारोबार नहुने भएकाले साे बैंककाे भने सेयर खरिद गर्न नसकिने भएकाले लाभांश पाइने अवस्था छैन ।

२४ बैंकले डाके साधारण सभा

शनिबारसम्म २६ मध्ये २४ बै.कले साधारण सभा बोलाएका छैनन् । लाभांश घोषणा नगरेको कृषि विकास बैंक र लाभांश वितरण नगरेको सनराइज बैंकले हालसम्म साधारण सभा आह्वान नगरेको हो ।

हालसम्म ११ बैंकले साधारण सभा सम्पन्न गरिसकेका छन् भने १२ बैंकले पुस मसान्त नजिक साधारण सभा आह्वान गरेका छन् ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।


Share on:


Comments