सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको छ ।
पूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा १ अर्ब ३१ करोड लगानीमा निर्माण भएको चार दशमलव ७२ मेगावाट क्षमताको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो ।
उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ भने हाइड्रोपावरका अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते सङ्खुवासभामा गरिसकेका छन् ।
हाइड्रोपावर सम्पन्न भएको अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता खड्काले कोरोना महामारीका कारण हाइड्रोपावर निर्माणमा केही ढिला भएको बताउनुभयो । उहाँले छ वर्ष लगाएर उक्त हाइड्रोपावर सम्पन्न गरेको जानकारी दिए । “स्थानीयवासीलाई पहिलो प्राथमिकतामा राखेर शेयर निष्काशन गर्ने तयारीमा जुटेका छौँ”, उनले भने ।
इन्जिनियर विकल थापाले उक्त जलविद्युत् आयोजनाको ५.२ मेगावाट उत्पादन गर्नसक्ने क्षमता रहेको बताए ।
मेन्छियाम हाइड्रोपावरले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका र आम सर्वसाधारणका लागि कुल १६ करोड २७ लाख ७५ हजार रुपैयाँ मूल्यको १६ लाख २७ हजार ७५० कित्ता सेयर जारी गर्नेछ । आईपीओ जारी गर्न कम्पनीले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा २०७९ साउन १८ गते निवेदन दिइसकेको छ । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले उक्त सेयर जारी गर्नेछ । आईपीओ जारी गर्न हाइड्रोपावरे एनआईसी एशिया क्यापिटल लिमिटेडलाई धितोपत्र बिक्री प्रबन्धक चयन गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया