धेरै बैंक/ वित्तीय संस्था भएको स्थानमा रहेको शाखा बन्द गर्न देउ : सिबिफिन


बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले धेरै बैंक तथा वित्तीय संस्थाको उपस्थिती रहेको स्थानको शाखा बन्द गर्न पाउनु पर्ने व्यवस्था गर्न भनेको छ । संघले गरेको उक अध्ययन अनुसार व्यवसायको आकार अनुसार बैंक वित्तीय संस्थाको उपस्थिती हुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाएको हो ।

हालको व्यवस्था अनुसार शाखा वा कुनै किसिमको कार्यालय बन्द गर्न, स्थानान्तरण गर्न, गाभ्न तथा ठेगाना परिवर्तन गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्छ । तर, सोही वडामा स्थानान्तरण गरिने भए, उक्त कार्य गरी ७ दिनभित्र केन्द्रीय बैंकमा जानकारी दिए हुन्छ । समस्याग्रस्त बैंक तथा वित्तीय संस्थाको शाखा पनि प्रचलित कानुन तथा आफ्नो आर्थिक प्रशासन विनियमावलीको अधीनमा रही शाखा खरिद बिक्री गर्नसक्ने व्यबस्था भएको छ ।

तर, मर्जर वा प्राप्तिका कारण बन्द गरेका शाखाका संरचना पनि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बै.कलाइ जानकारी दिएन गर्ने गरेका छन् । तर, सञ्चालनमा रहेका तर सोही स्थानमा धेरै बैंक तथा वित्तीय संस्था भएका कारण बन्द गर्नुपर्ने सम्बन्धमा प्रष्ट व्यवस्था नभएकाले यसमा केन्द्रीय बैंक आवश्यक व्यवस्था गर्नु पर्ने संघको अध्ययनले औल्याएको छ ।

संघले गरेको अध्ययन अनुसार कुनै स्थानमा बैंक तथा वित्तीय संस्थाका शाखा धेरै भएका कारण बैंक तथा वित्तीय संस्थाको शाखा बन्द गर्नुपर्ने देखिएमा बन्द गर्न दिनु उपयुक्त हुने देखाएको छ । कुनै अर्को बैंक तथा वित्तीय संस्थालाई त्यहाँ भएका सम्पत्ति आवश्यकताका आधारमा नेपाल राष्ट्र बैंकले तोकेका शर्त पूरा गरी खरिद बिक्री गर्ने समिने समेतको व्यवस्था मिलाउनु सोत आवश्यक व्यवस्था गर्न सुझाएको छ ।

संघको अध्ययन अनुसार व्यावसायिक दृष्टिकोणबाट उपयुक्त नदेखिएका शाखा बन्द गर्न उपयुक्त हुने भएकाले सो वयवस्था गर्न आवश्यक रहेको सुझाएको हो । बिक्री गर्न खोजिएको बैंक तथा वित्तीय संस्थासँग कारोबार गर्ने ग्राहकलाई, ग्राहककै छनौट र इच्छाका आधारमा, अर्को बैंक वित्तीय संस्थामा पनि कारोबार गर्ने व्यवस्था मिलाउन उपयुक्त हुने अध्ययनको सुझाब रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।