रियलमी ‘सी’ सिरीज अन्तरगत सी २५ वाई स्मार्टफोन अब नेपालमा उपलब्ध

0
Shares

स्मार्टफोन ब्रान्ड रियलमीले ५० एमपी ए–आई ट्रिपल क्यामरा सिस्टम सहितको रियलमी सी२५ वाई नेपालमा उपलब्ध गराएको छ।

इन्ट्री–लेभल स्मार्टफोनमा पहिलो रोजाइ यस रियलमी सी२५ वाईमा १८ वाट क्वीक चार्ज सपोर्ट गर्ने ५,००० एमएएच् मेगा ब्याट्री, इन्स्ट्यान्ट फिङ्गरप्रिन्ट सेन्सर भएको शक्तिशाली यूनिसोक टी ६१० प्रोसेसर र सुन्दर डिजाइनको ६.५ इन्चको ठूलो डिस्प्ले रहेको छ।

५० एमपी एआई ट्रिपल क्यामरा साथ लिनुहोस् जीवन्त तस्विरहरु

रियलमी सी२५ वाई मा ५० एमपी त्रिपल क्यामेरा सिस्टमका साथै माक्रो लेन्स र बी एण्ड डब्लु लेन्स रहेको छ । रियलमी सी सिरीज मा ५० एमपी मोड रहेको पहिलो स्मार्टफोन ले सुन्दर फोटो खिच्छ र प्रयोगकर्ताहरुलाई ८१६०*६१४४ सम्मको पिक्सेल फोटो निकाल्ने सुविधा प्रदान गर्दछ।

यसका साथै, क्यामरा विभागले विभिन्न फिल्टरहरु उपलब्ध गराउँदै ए–आई ब्यूटी मोड फङ्सन, एचडी आर मोड, प्यानारोमिक भ्यु मोड, प्रोट्रेट मोड, टाइमल्याप्स पङ्सन, एक्सपर्ट मोड पनि सपोर्ट गर्दछ।

यसैगरी, रियलमी सी२५ वाईमा आकर्षक र चित्तबुझ्दो सेल्फी खिच्न ए–ब्युटी फङ्सन भएको ८ एमपी सेल्फी क्यामरा पनि रहेको छ।

५ हजार  एमएएच मेगा ब्याट्री र १८ वाट क्विक चार्जले लामो समयसम्म चलाउन दिन्छ ग्यारेन्टी

रियलमीको आफ्नो ब्याट्री लाइफमा रहेको विशेषतालाई अझ सुदृढ भएको छ जसमा रियलमी सी२५ वाई मा भएको ५,००० एमएएच् ब्याट्री स्ट्यान्डबाइ मोडमा राख्दा फोनको ब्याट्री ४८ दिनसम्म टिक्न सक्छ। सुपर पावर सेभिङ मोड चलाइरहँदा पनि प्रयोगकर्ताहरुले फोनको आधारभूत उपयोगिताहरुको प्रयोग गरी सधैं पावर्ड र कनेक्टेड रहन सक्नुहुनेछ।

यसबाहेक, रियलमी सी२५ वाईले केही डिस्प्ले इफेक्टहरु घटाएर स्मार्टफोनको सहनशीलता बढाउन स्क्रीन ब्याट्री अप्टिमाइजेसन र प्रयोगकर्ता सुतिरहेको बेला फोनलाई लोअर मोडमा चलाउन निर्देशन दिएर पावरको बचत गर्न स्लिप स्ट्यान्डबाइ अप्टिमाइजेसनको सुविधा पनि उपलब्ध गराउँछ।

शक्तिशाली यूनिसोक टी ६१० प्रोसेसरले रमाइलो गेमिङ अनुभव प्रदान गर्छ

रियलमी सी२५ वाई लाई अक्टा–कोर १२ एनएम यूनिसोक टी ६१० प्रोसेसरले सञ्चालन गर्छ जुन २.० गेगाहर्ज सम्म चल्दछ । साथै, २.० गेगाहर्ज सम्म चल्ने टू आर्म कोर्टेक्स ए७५ र सिक्स आर्म कोर्टेक्स ए५५ समावेश छ । ८५० मेगाहर्ज गति भएको आर्म माली जी५२ जीपीयूले ग्राफिक्सलाई ह्यान्डल गर्छ ।

यस खण्डका प्रतिस्पर्धी उत्पादनहरुको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने यूनिसोक टी६१० प्रोसेसरले सहज गेमिङको अनुभव दिलाउँछ।

झनै नयाँ रियलमीमा दुईवटा नानो–सिम कार्डहरु राख्न मिल्छ र २५६ जीबी सम्मको अतिरिक्त स्टोरेजका लागि माइक्रो एसडी कार्ड सलट पनि उपलब्ध गराएको छ । यसले थप स्पेस उपलब्ध गराउँदछ र गेम, फोटो र फाइलहरु स्टोर गराउने सुविधा पनि प्रदान गर्दछ।

अल्ट्रा–फास्ट फिंगरप्रिन्ट अनलकिङ भएको ६.५” को ठूलो डिस्प्ले

स्क्रीन टु बडी दर ८८.७% सम्म पुग्न रियलमी सी २५ वाईको १६.५ सेमि/६.५ इन्च डिस्प्ले रियलमीको क्लासिक मिनी–ड्रप डिजाइन फूलस्कृन नै हो जसले प्रयोगकर्ताहरुलाई इर्मसिभ वाचिङ्ग को अनुभव प्रदान गर्दछ।

अल्ट्रा–फास्ट फीङ्गगरप्रिन्ट अनलकिङ्ग र फेसियल रिकगनिसनसहित आउने नयाँ रियलमीले प्रयोगकर्ताहरुको गोपनियता र सुविधाको संरक्षण गर्दछ।

सुन्दरताको हिसाबमा रियलमी सी२५ वाई ले पहिलो पटक लाइन एसेथेटिक डिजाइन अपनाएको छ जसले विशेष डिजाइनको कल्पना गर्दै लाइन र सर्फेसको सुन्दर व्यवस्था प्रस्तुत गर्दछ।

रियलमी सी२५ वाई ग्लेसियर ब्लू र मेटल ग्रे रंगमा उपलब्ध छ। रियलमी सी २५ वाइले नेपालमा ४ जीबी र्याम र १२८ जीबी र्याम स्टोरेज भेरिएन्टको मूल्य रु. २०,४४९/– तोकेको छ।

यो स्मार्टफोन दराजमा पुस १८ देखि बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।