बेष्ट फाइनान्सकाे चावहिल शाखा स्थानान्तरण

0
Shares

बेष्ट फाइनान्स कम्पनी लिमिटेड (BFC) ले चावहिलमा रहेको आफ्नो शाखा कार्यालय स्थानान्तरण गरेको छ ।

फाइनान्सले पुस १८ गते आइतबार काठमाडौ महानगरपालिका वडा न.७, हस्पिटल मार्गमा रहेको चावहिल शाखा कार्यालय चावहिल चोक स्थित देव भवनमा स्थानान्तरण गरी सञ्चालनमा ल्याएको हो ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडका सञ्चालक समिति अध्यक्ष खीमलाल पौडेलले उक्त नयाँ शाखा कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा त्यस क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु एवं ग्राहक महानुभावहरुको उपस्थिति रहेको बताइएको छ ।

कमलादी, काठमाडौंमा प्रधान कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा दिदै आएको छ । फाइनान्सले आफ्ना ग्राहकलाई डिजीटल बैंकिङ्ग सेवा लगायत अन्य आधुनिक बैकिङ सेवाहरु उपलब्ध गराउँदै आएको जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।