बैंक अफ काठमाण्डूको बिओके रेमिट बचत तथा मुद्दती खाता सञ्चालनमा

0
Shares

बैंक अफ काठमाण्डूले विदेशमा रहको नेपालीलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम ब्याजदरको ब्यवस्था सहित बचत तथा मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले “श्रम विदेशमा प्रतिफल स्वदेशमा” भन्ने मुलनाराका साथ ग्राहकको उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके रेमिट बचत खाता तथा मुद्दती खाता सार्वजनिक गरेको छ।

विदेशमा बसी श्रम गरिरहेका ग्राहकले उक्त बचत तथा मुद्दती खाता खोल्न सक्ने बैंकले जनाएको छ । मुद्दती खाता खोल्दा ग्राहकले ११.०५% वार्षिक ब्याजदर पाउनेछन।

साथै, बिओके रेमिट बचत खातामा उच्चतम् ब्याजदरको प्रतिफल सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा ५०% को छुट तथा अन्य आर्कषक बिशेषताहरुको उपयोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त बचत खाता तथा मुद्दती खाताले विदेशमा श्रम गरि आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।