भारतका दुई ठूला प्राविधिक कम्पनी एयरटेल र हुग्सले सहकार्यमा नयाँ भेन्चर लन्च गर्ने

0
Shares


भारतमा मुख्य नेटवर्क प्रोभाइडर रहेका एयरटेल र हुग्स कम्युनिकेसन्सले सहकार्यमा नयाँ भेन्चर लन्च गर्ने भएका छन्। उक्त जोइन्ट भेन्चरले भारतमा स्याटलाइट ब्रोडब्यान्ड सेवाहरु प्रदान गर्ने भएका हुन् ।

सन् २०१९ को मे महिनामा घोषणा गरिएको सम्झौताले राष्ट्रिय कम्पनी कानुन न्यायाधिकरण र दूरसन्चार विभागबाट सबै वैधानिक स्वीकृति पाएको छ। सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेपछि उक्त जोइन्ट भेन्चर सञ्चालनमा आएको हो।

हुग्स कम्युनिकेसन्स इन्डिया प्रा लि नामक जोइन्ट भेन्चरले एयरटेल र हुग्स दुवै कम्पनीहरुको भेरी स्मल एपर्चर टर्मिनललाई समायोजन गर्ने छ। जस कारण स्याटेलाइट जडान प्रयोग गरेर इन्टरप्राइज नेटवर्किङ सोलुसन्स अन्तर्गतका प्राइमरी ट्रान्सर्पोट, ब्याक–अप र हाईब्रिड कार्यान्वयन जस्ता कामहरु सहज र सुलभ ढङ्गबाट हुनेछन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।