सामसुङले चौथो त्रैमासमा १२.७ बिलियन डलर नाफा गर्ने अनुमान

0
Shares

स्मार्टफोन तथा सर्भर चिप निर्माता दक्षिण कोरियाली कम्पनी सामसुङको व्यापार बढ्ने सम्भावना देखिएको छ ।

आर्थिक वर्ष २०२१ को चौथो त्रैमासमा आइपुग्दा सर्भर मेमोरी चिप्सको बढ्दो माग र तीव्र उत्पादनले गर्दा व्यापार बढ्ने सम्भावना रहेको हो ।

रेनीटिभ स्मार्टस्टीमेटका विज्ञहरुले सामसुङले वर्षको चौथो त्रैमासमा १२.७ बिलियन अमेरिकी डलरको नाफा गर्ने अनुमान गरेका छन् ।

पछिल्ला दुई महिनामा सर्भर चिप्सको माग बढेसँगै सामसुङको शेयर मूल्यमा १२%ले वृद्धि हुन पुगेको छ। उत्तरी अमेरिकाका प्रमुख डाटा सेन्टर कम्पनीहरू जस्तै माइक्रोसफ्ट, अमेजन र मेटाले आफ्नो मेमोरी चिप अर्डरहरू निरन्तर बढाएका छन् ।

भिडियो गेम्स, कनफ्रेन्सीङ र अन्य स्ट्रीमिङ्ग डिभाइसहरुको माग बढेसँगै चीपको माग बढेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।