वर्किङ भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै ४० लाख ठगी गर्ने दुई पक्राउ

0
Shares

नेपाल प्रहरीले वर्किङ भिसामा पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा यूनिवर्ल्ड इन्टरनेशनल टुर एण्ड ट्राभल्स प्रालीका दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ट्राभल्सका सञ्चालक मैतिदेवी बस्दै आएका तथा वाग्लुङ गल्कोट घर भएका २८ वर्षीय अमृत सोती मगर र ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने सर्लाही बागमती नगरपालिका–१ घर भएका व्यवस्थापक २४ वर्षीय समिर कार्की रहेका छन् ।

उनीहरुले पिडितलाई वर्किङ भिसामा पोर्चुगल जान प्रति व्यक्ति १४ लाख रुपैयाँ लाग्छ र पोर्चुगल पुगेपछि होटल तथा कम्पनीमा काममा लगाईदिन्छु भन्ने आश्वासन दिएका थिए ।

यसका साथै मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ भन्दै विभिन्न ४ जना पीडितहरूबाट प्रतिव्यक्ति १० लाखका दरले ४० लाख रुपैयाँ लिई ठगी गरेको पाइएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।