एलआइसी नेपालले आगामी बुधबार ‘बाल समृद्धि’ बीमा योजना लञ्च गर्दै, के-के छन् सुविधा ?

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल) ले पुस २८ गते बुधबार बालबालिकाको लागि नयाँ बीमा योजना ‘बाल समृद्धि’ औपचारिक रुपमा सुरुवात गर्ने भएको छ ।

कम्पनीको ‘बाल समृद्धि’ बीमा योजना लागू गर्न नियामक निकायसँग अनुमति मागेकोमा बीमा समितिबाट पुसको दोस्रो साता स्वीकृत भएसँगै कम्पनीले अर्को साता उक्त पोलिसीलाई लञ्च गर्ने तयारी गरेको हो ।

एलआईसीका प्रमुख सूचना अधिकारी सुदर्शन गिरीका अनुसार अधिकतम ११ वर्ष उमेर भएका बालबालीकाहरुका लागि लक्षित गरेर याोजना ल्याउन लागिएको हो । योजनामा १६ वर्षसम्मको नहुँदासम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ ।  यस योजानामा बालबालिका १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुनेछ । बालबालिका १६ वर्ष पुगेपछिको १६, १७, १८, १९ र २० औं जन्मदिनपछिको बीमा वर्षमा बीमाङ्कको २० प्रतिशतका दरले अग्रिम रुपमा रकम भुक्तानी धन फिर्ता हुँदै जानेछ ।

त्यसैगरी योजनाले बीमा अवधिमा दुर्घनावश कथमकदाचित प्रस्तावकको अस्वभाविक तवरले जीउ ज्यान गुमाउनु परेमा प्रत्येक बीमालेख महिना दिवसमा बीमाङ्क रकमको १ प्रतिशत रकम मासिक आम्दानीको रुपमा भुक्तानी गरिने छ । र बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालू अवस्थामा रहने कम्पनीले जनाएको छ ।

जस्तो कुनै बीमितले आफ्नो बालबालिकाको १ करोड रुपैयाँ बीमाङ्कको बीमा गरेर बीमा अवधिमा समाप्त नहुँदा कुनै कारणवस प्रस्तावकको अस्वभाविक निधन भएमा उक्त बालबालीकाको शैक्षिक तथा अन्य वृत्ति विकासमा बाधा उत्पन्न नहोस् भन्नका लागि बीमाङ्कको १ प्रतिशतका दरले २० वर्ष नपुग्दासम्म मासिक १ लाख रुपैयाँ अतिरिक्त सुविधाका रुपमा कम्पनीले उपलब्ध गराउने गिरीले बताए ।

एलआइसी नेपाल जीवन बीमा कम्पनीहरुमध्ये अब्बल कम्पनी हो । कम्पनीमा भारतीय जीवन बीमा निगमको ५५ प्रतिशत सेयर हिस्सेदारी रहेको छ भने नेपालको चर्चित व्यवसायीक धराना विशाल ग्रुपको २५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपालको सञ्चालित जीवन बीमा कम्पनीमध्ये दोस्रो ठूलो पूँजीकृत जीवन बीमा कम्पनी हो एलआईसी ।

ग्लोबल इन्स्योरेन्स बेहेमथ, र लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाले नेपालको विशाल समूहसँग हात मिलाउँदा सन् २००० मा नेपालमा यस कम्पनीको स्थापना भएको थियो । कम्पनीले बीमा समितिबाट सन् २००१ अगस्ट ७ मा जीवन बीमा लाइसेन्स प्राप्त गरी सेप्टेम्बर १ देखि सञ्चालनमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।