जापानको होण्डा मोटरले चीनमा वार्षिक एक लाख २० हजार विद्युतीय कार निमार्ण गर्ने

0
Shares

जापानको दोस्रो ठूलो अटोमेकर कम्पनी होन्डा मोटर कर्पोरेशनले आफ्ना विद्युतीय कारहरुको सङ्ख्या वृद्धि गर्ने भएको छ।

चीनको डोङफेङ मोटर्ससँग समन्वयन गर्दै होन्डा मोटर्सले विद्युतीय कारहरुको निर्माण सङ्ख्या वृद्धि गर्न युहान सहरमा नयाँ फ्याक्ट्रि स्थापना गर्न लागेको हो।

उक्त फ्याक्ट्रि वार्षिक रुपमा एक लाख २० हजार कार निर्माण गर्न सक्ने क्षमताको हुने जानकारी होन्डा मोटर्सले एक वक्तव्यमा दिएको छ।

त्यसैगरी होन्डाले चीनमा डोङ्फङ र जीएसी मोटर्सको साझेदारीमा एउटा नयाँ विद्युतीय सवारी सिरिज लन्च गर्ने भएको छ। ईःएन नाम रहेको उक्त सिरिज अन्तर्गत १० वटा विद्युतीय गाडीका मोडल रहेका छन्।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।