युनाइटेड इन्स्योरेन्सका दुई सञ्चालकको पदावधि थप

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनीले दुई सञ्चालकको कार्यावधि थप गरेको छ ।

कम्पनीले सर्वसाधारण शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक निरज तुलाधर र विलसन मान रंजितको कार्यअवधि थप गरेको हो ।

कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा दुबै सञ्चालकको चार वर्षे पदावधि पुस २६ गते समाप्त हुने भएकाले आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि कम्पनीले कार्यकाल थप गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।