डिश मिडियालाई आईटी-आईएसपी तर्फको एचआरएम अवार्ड

0
Shares

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी÷आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।

सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षां श्रेष्ठ रहेका थिए ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।