नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

0
Shares

नेपाल बङ्गलादेश बैंकको भोजपुर शाखाले स्थानीय भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको “वित्तिय साक्षरता नीति” लाई अवलम्बन गर्दै बैंकले उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरुलाई वित्तिय सेवा सम्बन्धमा जानकारी गराएको थियो ।

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंक भोजपुर शाखाका शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराएको बै.कले जनाएको छ ।

हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।