एशियन लाइफ इन्स्योरेन्सको २७ प्रतिशत लाभांश स्वीकृत

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनी (ALICL) को २७ प्रतिशत लाभांश स्वीकृत भएको छ । कम्पनीले पुस २५ गते आइतबार बीमा समितिबाट स्वीकृतिको पत्र प्राप्त भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरी स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पेश गरेको थियो ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

यसअनुसार कम्पनीले ५० करोड २६ लाख ९० हजार १८२ रूपैयाँ बराबरको बोनस सेयर र कर सहित ४ करोड २लाख १५ हजार २१४ रूपैयाँ नगद लाभांश गरी कुल ५४ करोड २९ लाख ५ हजार ३९६ रूपैयाँ लाभांश वितरणा गर्नेछ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी दुई अर्ब एक करोड रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बराबरको ५० करोड २६ लाख रुपैयाँको बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।