फेडको नीतिगत कडाईपछि विकासशील अर्थतन्त्रमा पर्ने जोखिमको लागि तयार हुन आइएमएफको सुझाव


अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले विकासशील अर्थतन्त्रलाई चनाखो रहन सुझाएको छ । कोषले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले कसिलो मौद्रिक नीति अबलम्बन गर्ने भएसंगै विकासशील अर्थतन्त्रमा पर्ने सक्ने नकारात्मक असरलाई सामाना गर्न आवश्यक तयारी गर्न सुझाएको हो ।

फेडरल रिर्जभ(फेड)ले औसत ब्याज दर वृद्धि गर्ने जानकारी दिएसँगै धेरै विकासशील मुलुकहरुको अर्थतन्त्रमा असर पर्ने देखिएको छ । फेडले मौद्रिक नीतिमा कडाइ गर्ने भएसँगै यसले विभिन्न विकासशील देशहरुको अर्थतन्त्रमा पुँजी बर्हिगमन र मुद्रा अवमूल्यन जस्ता समस्याहरु उत्पन्न गर्ने कोषको विश्लेषण छ ।

फेडले सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गर्न २.२५ प्रतिशतको व्याज दर बाट घटाएर शुन्य कायम गरेको थियो । महामारीका कारण तीव्र रुपमा बढेको बेरोजगारी समस्याको सम्बोधन गर्न उद्यमशीलतामा जोड दिएको थियो । त्यसका लागि फेडले तरलता अभाव नहोस् भन्ने उद्देश्यले ७०० बिलियन डलर बैकिङ्ग प्रणालीमा प्रवाह गरेको थियो । कोरोनाले धरासायी बनाएको अर्थतन्त्रमा क्रमिक रुपमा सुधार आएसँगै फेडले औसत व्याजदर बढाउने घोषणा गरेको हो ।

फेडले सन् २०२२ को मार्चबाट औसत व्याज दर बढाउने भनेता पनि अर्थतन्त्रमा आएको स्थिरताले गर्दा सोभन्दा अघि नै बढाउन सक्ने अनुमान विज्ञहरुको छ । व्याज दरको वृद्धि भएसँगै यसले सार्वजनिक तथा नीजि रुपमा उच्च कर्जा लिएका संघ, संस्था तथा विकासशील राष्ट्रहरुको अर्थतन्त्रमा असर पुग्ने छ । त्यसै गरी सामाग्री आयातमा परनिर्भर राष्ट्र र करेन्ट अकाउन्ट व्यालेन्स कम भएका राष्ट्रहरुमा फेडको उक्त कदमको गम्भीर असर पर्ने कुरा आइएमएफका वरिष्ठ कर्मचारीले जानकारी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।