हिमालयन बैंकको महेन्द्रनगर शाखा सञ्चालनमा

0
Shares

हिमालयन बैंक लिमिटेड (HBL) ले पुस २६ गते सोमबार देखि महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदुरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला स्थित भीमदत्त नगरपालिका–६, चम्मन चोकमा सोमबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकले उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउनेछ ।

महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले यस शाखाबाट कारोबार सुरु गरेको छ । बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुर पश्चिम प्रदेशको आठौं शाखा हो ।

महेन्द्रनगर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरु सहित लकर सेवा समेत सञ्चालनमा ल्याएको शाखा प्रबन्धक बैजनाथ प्रसाद कोइरीले बताए ।

यस शाखा समेत हाल बैंकको कुल शाखा संख्या ७४, विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने एटीएम संख्या १४८ र ५ हजार भन्दा बढी पस मेसिन टर्मिनल संख्या पुगेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।