बैंकरको क्षतिपूर्ति बीमालेख सहकारी तथा अन्य संस्थालाई बिक्री गर्न नपाइने

0
Shares

बीमा समितिले बैंकरको क्षतिपूर्ति बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने जनाएको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो । समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको छ ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै उक्त बीमालेख बिक्री गर्न सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ति बीमालेख बिक्री गर्न पाउने समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरुले बैंकरको क्षतिपूर्ती सम्बन्धी बीमालेख बिक्री गर्दै आएका छन् । उक्त बीमालेख जारी भएपछि बीमालेख अवधिभर बीमाङ्क रकम थपघट गर्न नपाइने समितिद्वारा जारी निर्देशनमा उल्लेख छ ।

बैंकरको क्षतिपूर्ति बीमालेखले परिसरमा रहेको, पारवहनमा रहेको, जालसाजी वा हेरफेर, बेइमानी, धितो/बन्धकमा राखिएको सामान लगायतको क्षतिको रक्षावरण गर्दछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।