कृषि विकास बैंकले पारित गर्यो लगानीकर्तालाई वितरण गर्ने लाभांश


कृषि विकास बैंक (ADBL)  ले सेयरधनीलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश साधारण सभाबाट अनुमोदन गराएको छ ।

बैंकको बिहीबार सम्पन्न १५ औं साधारण सभाले २० प्रतिशत बोनस सेयर र कर प्रयोजन वापत १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पारित गरेको हो ।

बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभामा ३ लाख शेयरधनीलाई लाभान्वित गराउने गरी लाभांश प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ । बैंकले २७९ वटा शाखाहरुबाट बैकिङ्ग सेवा पुर्‍याउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।