माछापुच्छ्रे बैंकका ग्राहकले मी साओमी र पोको फोन शून्य प्रतिशत ईएमआईमा पाउने

0
Shares

माछापुच्छ्रे बैंकका ग्राहकले मी साओमी र पोको ब्रान्डका मोबाइल तथा अन्य इलेक्ट्रोनिक सामान शून्य प्रतिशत ईएमआईमा खरिद गर्न पाउने भएका छन् । यसका लागि बैंक र भास्तल इम्पेक्सबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा भास्तल इम्पेक्सबाट निर्देशक नितेशकुमार मुन्द्र तथा बैंकबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौतापछि बैंकका ग्राहकले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत ईएमईमा मोबाइल खरिद गर्न सक्ने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।