चेन डिपार्टमेण्ट स्टोर सेल्सवेरीले ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने


चेन डिपार्टमेण्ट स्टोर सेल्सवेरीले स्वदेशी उत्पादनको खपत बढाउनका लागि’ मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने भएको छ ।

सेल्सवेरीले माघ १ देखि फागुन मसान्तसम्म २ महिना यस्तो अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।

नेपाली उत्पादनलाई चिनाउन, त्यसको प्रयोगमा प्रेरित गर्न र बजार बिस्तार गर्दै व्यापार घाटा न्युनीकरणमा सघाउन यस्तो अभियान सञ्चालन गरिएको डिपार्टमेण्ट स्टोरले जनाएको छ । यसका लागि स्वदेशी वस्तु उत्पादकहरुसँग सहकार्य गरिएको छ ।

बजार पाउन नसकी पहिचान नपाएका स्वदेशी उत्पादनको प्रवद्र्धनमा यो अभियानले टेवा पुग्ने विश्वास सेल्सवेरीले लिएको छ । यसका अलावा त्यस्ता उत्पादनको बजार बिस्तारसँगै रोजगारी सिर्जना गर्नमा पनि अभियानले सघाउने स्टोरको अपेक्षा छ ।

पछिल्लो ७ वर्षदेखि चेन डिपार्टमेण्ट स्टोरका रुपमा सेवा दिँदै आएको सेल्सवेरीले आगामी ५ वर्ष भित्र १०० वटा शाखा बिस्तार गरी ३ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य लिएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।