नेशनल लाइफको बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) मा बीमा गराएका बीमितले न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६।७७ को बोनस दर सार्वजनिक गर्दै बीमितले अधिकतम ८५ रुपैयाँसम्म बोनस पाउने जनाएको छ ।

कम्पनीको बीमांकिय मूल्याङ्कनको आधारमा मुनाफामा २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने सम्पूर्ण बीमालेखहरुका लागि बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा सामेल हुने बीमितका लागि बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ६४ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ६४ रुपैयाँ देखि ६५ रुपैयाँसम्म र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा न्युनतम ६३ रुपैयाँ देखि ६४ रुपैयाँसम्म बोनस वितरण गर्ने जनाएको छ ।

उल्लेख्खित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले २०७७ असार मसान्तसम्म जारी भएका मुनाफमा सरिक हुने बीमालेखहरुका बीमितले बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनस निर्धारण गरेको हो ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।