गैरआवासीय नेपाली लक्षित बीओके बैंकको निक्षेप खाता, ५.५ प्रतिशत ब्याजदर पाउने


बैंक अफ काठमाण्डूले विश्वभरि रहेका गैरआवासीय नेपाली (एनआरएनए) हरुको लागि बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

विदेशमा बसी आफ्नो परिश्रम गरि आय आर्जन गरिरहनुभएका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी,इयुआर,जीबीपी,एयुडी,सीएडी तथा जेपीवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।

गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेकालाई बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले गैरआवासीय नेपालीहरुले आम्मादानी गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।