प्रिमियर इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पाउन भोलिसम्म सेयरधनी बन्नैपर्ने

0
Shares

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड (PIC) को प्रस्तावित १५ प्रतिशत लाभांश पाउन भोलि (मंगलबार) सम्म सेयर खरीद गरी सेयरधनी कायम भैसकेको हुनुपर्छ ।

कम्पनीले माघ २१ गते शुक्रबार बिहान ११ः०० बजे प्रिमियर भवन नक्साल काठमाण्डौमा भर्चुअल माध्यामबाट २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले ५ माघ देखि २१ गतेसम्म बुकक्लोज गर्ने मिति तोकेको छ । यसअनुसार माघ ४ गते मंगलबारसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा सहभागि हुन पाउनेछन् ।

कम्पनीले यसअघि प्रस्तावित साढे सात प्रतिशत बोनस र त्यति नै नगद प्रस्ताव गरेकोमा बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश कडाई गरेसँगै पुस २८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट प्रस्तावित लाभांश परिमार्जनपछि कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

बीमा समितीले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा पूर्णरूपमा कर प्रयोजन बाहेक लगाएपछि कम्पनीको लाभांश परिवर्तन भएको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।