महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा न्यानो कपडा वितरण

0
Shares

महालक्ष्मी विकास बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत ६३ जना छात्र̵छात्राहरुलाई न्यानो कपडा वितरण गरेको छ ।

बैंकको पालुङ शाखाले थाहा ̵ ७ डाँडाबास स्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययारत विपन्न परिवारका ६३ जना छात्र -छात्राहरुलाई ज्याकेट वितरण गरेको हो । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमका बीच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी थिइन् ।

विद्यालय प्रधानाध्यापक प्रताप सिंह गोलेले जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय सञ्चालनमा सहयोग पुर्‍याएको बताए । उनले किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताउँदै बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गरेका थिए ।

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेडले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको हो ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख् गहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

कोभिड ̵ १९ को जोखमिलाई न्यूनिकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न बैंकले हार्दिक अपिल गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।