नेशनल लाइफको संस्थापक सेयर लिलामीमा किन्ने आज अन्तिम

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को लिलामीमा रहेको ५७ हजार १९२ कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको उक्र सेयर बिक्रीमा ल्याएको थियो । संस्थापक समूह तर्फको उक्त सेयरको ३८७.३० रुपैयाँ तोकिएको छ । यसअनुसार इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम मूल्य वा सो भन्दा बढाबढ मूल्यमा आवेदन दिनुपर्छ ।

बोलकबोलबाट उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति तथा संघ संस्थाले बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथिको लागि १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड, एनआइसी एशिया बैंक र विभिन्न शाखा मार्फत आज कार्यालय समयभित्र सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।