वाणिज्य बैंकहरुले २८.२० अर्ब नाफा कमाउँदा विकास बैंकहरूकाे २.४३ अर्ब

0
Shares

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउन(मंसिर) सम्ममा २७ वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा कमाएका छन् ।

यस अवधिमा नाफा आर्जन गर्ने बैंकमध्ये एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकले मंसिरसम्ममा २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन गर्दा नबिल बैंकले १ अर्ब ८९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड र पाँचौं ठूलो प्राइम बैंकले १ अर्ब ५० करोड रूपैयाँ नाफा कमाएको छ ।

यसैगरी समीक्षा अवधिमा प्रभु बैंकले १ अर्ब ३७ करोड, एनएमबी बैंकले १ अर्ब ३६ करोड, सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड, मेगा बैंकले १ अर्ब २६ करोड र नेपाल बैंकले १ अर्ब ३ करोड रूपैयाँ नाफा आर्जन गरेको छ ।

बाँकी १६ वाणिज्य बैंकहरूको नाफा एक अर्बभन्दा कम छ । सेञ्चुरी बैंकले सबैैभन्दा कम ४० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सिटिजन्स बैंकले ९९ करोड ६० लाख रुपैयाँ नाफा कमाउँदा स्ट्याण्डर्डचार्टड बैंक ९० करोड ३१ लाख, माछापुच्छ्रे बैंक ८७ करोड ९७ लाख, सानिमा बैंक ८६ करोड ४१ लाख, लक्ष्मी बैंक ७८ करोड ८१ लाख, एभरेष्ट बैंक ७५ करोड ७६ लाख, एनसीसी बैंक ७५ करोड ५६ लाख, ,सनराइज बैंक ७० करोड ३७ लाख, नेपाल एसबिआई बैंक ६५ करोड ९५ लाख, कृषि विकास बैंक ६५ करोड ६ लाख, कुमारी बैंक ६३ करोड २५ लाख, हिमालयन बैंक ५६ करोड १० लाख, नेपाल बंगलादेश बैंक ५४ करोड ६६ लाख, बैंक अफ काठमाण्डू ४९ करोड ५९ लाख र सिभिल बैंकले ४१ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।

चालु आवको पाँच महिनामा विकास बैंकहरुले यस अवधिमा २ अर्ब ४३ करोड रुपैयाँ रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार १७ विकास बैंकमध्ये ५ बैंकले घाटा ब्यहोरेको प्रतिवेदन केन्द्रीय बैंकमा बुझाएका छन् ।

मुक्तिानाथ विकास बैंकले सर्वाधिक ४६.१२ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले ३४.३३ करोड र तेस्रो ज्योति विकास बैंकले ३३.९४ करोड नाफा आर्जन गरेको छ । यस अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकले नोक्सानी ब्यहोरेका हुन् ।

यस अवधिमा महालक्ष्मी विकास बैंकले ३१ करोड ६६ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक २७ करोड ६५ लाख, लुम्बिनी विकास बैंक २४ करोड ७९ लाख, सांग्रिला डेभलपमेन्ट बैंक १४ करोड ७ लाख, मितेरी डेभलपमेन्ट बैंक ४ करोड ३१ लाख, एक्सेल डेभलपमेन्ट बैंक २ करोड ९८ लाख, कर्णाली डेभलपमेन्ट बैंक २ करोड ९७ लाख र ग्रीन डेभलपमेन्ट बैंकले ८८ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

चालु आवको पाँच महिना अवधिमा सप्तकोशी डेभलपमेन्ट बैंक सबैभन्दा बढी १० करोड ६ लाख ८० हजार रुपैयाँले नोक्सानीमा रहेको छ भने नारायणी डेभलपमेन्ट बैंक ४४ लाख २० हजार, सालपा १९ लाख २० हजार, सिन्धु विकास बैंक ९ लाख २० हजार र कर्पोरेट डेभलपमेन्ट बैंकले ५ लाख २० हजार नोक्सानी ब्यहोेरेका हुन् ।

फाइनान्स कम्पनीहरुले चालु आवको पाँच महिनामा ५४ करोड ६ लाख नाफा कमाएका छन् । जसमध्ये बेष्ट फाइनान्सले सबैभन्दा धेरै १२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गुडविल फाइनान्सले ७ करोड ७५ लाख र आईसीएफसी फाइनान्सको ७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यसैगरी मंसिरसम्ममा मन्जुश्री फाइनान्सले ५ करोड ३६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउँदा जानकी फाइनान्स ४ करोड ६२ लाख ३० हजार, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स ४ करोड ४४ लाख ५० हजार, गोर्खाज फाइनान्स ३ करोड २३ लाख ३० हजार, सेन्ट्रल फाइनान्स ३ करोड ९ लाख १० हजार, रिलायन्स फाइनान्स २ करोड २० लाख ६० हजार, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग १ करोड ३६ लाख २० हजार, पोखरा फाइनान्स १ करोड १३ लाख ६० हजार, नेपाल फाइनान्स ८५ लाख २० हजार, मल्टिपपर्स फाइनान्स ५७ लाख ८० हजार, नेशपाल सेयर मार्केटस् ५० लाख ४० हजार र प्रोगेशिभ फाइनान्सले सबैभन्दा कम ६ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ ।

सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये समीक्षा अवधिमा समृद्धि फाइनान्स र क्यापिटल मर्चेन्ट फाइनान्सले नोक्सनी ब्यहोरेका छन् भने १५ कम्पनी नाफामा रहेका छन् । यस अवधिमा क्यापिटल मर्चेन्टले ३५ लाख १० हजार रुपैयाँ र समृद्धि फाइनान्सले १४ लाख ६० हजार रुपैयाँ घाटा खाएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।