एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर महानायक राजेश हमाल नियुक्त

0
Shares

एपोलो पेन्टसको ब्राण्ड एम्बेसडर नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाल अनुबन्धन भएका छन् ।

एपोलो पेन्टस् प्रालि ले शुक्रबार एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्रका चर्चित महानायक राजेश हमाललाई यस कम्पनीले आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको हो ।

“एपोलो पेन्ट्ससँग राजेश हमाल, राजेश हमालसँग एपोलो पेन्टस” भन्ने भावना उत्पन्न गरि उपभोक्ता तथा आमजनमानसमा अझ बढी लोकप्रिय ब्राण्ड बनाउन महानायक राजेश हमाललाई ब्राण्ड एम्बेसडरको रुपमा अनुवन्धित गरिएको कम्पनीले जनाएको छ । महानायक हमालको अनुबन्धनले उपभोक्ता माझ उत्पादनको लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।

विसं २०६१ साल वैशाख ७ गते एपोलो पेन्टस कम्पनी भरतपुर ९, चितवनमा दर्ता भई स्थापना भएको थियो । विगत १८ वर्ष देखि अनवरत रूपमा संघर्ष गर्दै नेपाली उपभोक्ताको माग बमोजीम इनामेल, प्राइमर र सिमेन्ट पेन्ट्स उत्पादन गरि व्यवसाय सुरु गरेको उद्योगले आधुनिक घरहरूलाई सुहाउदो तथा आवश्यकता अनुसार अन्तराष्ट्रिय गुणस्तरको उच्चकोटीका रङ उत्पादन गर्दै आएको छ ।

कम्पनीले नेपाल गुणस्तर तथा अन्तर्राष्ट्रिय गुणस्तर प्राप्त गरि नेपाली पेन्ट्स मध्यको अग्रहणी स्थानमा रहन सफल भएको छ । कम्पनीको प्रमुख उद्देश्य स्वदेशी पूँजीबाट वस्तहरू उत्पादन गरि, स्वदेशमा नै रोजगारी सृजना गर्ने उद्देश्यका साथ स्थापना भएको हो ।

नेपालको सातै प्रदेश शाखा कार्यालय, बिक्री कक्ष राखि पूर्व मेची देखि पश्चिमा महाकाली, उत्तरमा भोट र दक्षिण तराई मधेश सम्म विक्री वितरण तथा सेवा विस्तार गरेको कम्पनीका उत्पादनको बजार हिस्सा करिब १० प्रतिशत छ ।

उपभोक्ताको चाहना अनुसार विभिन्न ग्रेडका तथा हजारौ कलर सेंड, आधुनिक मेशीन मार्फत उत्पादन गरि बिक्री वितरण गर्दै आएको छ । आफ्ना उत्पादन प्रकृति मैत्री, हेल्दी, लिड फ्रि रहेको दाबी कम्पनीको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।