एशियन लाईफको बाल भविष्य प्लस सावधिक जीवन बीमा योजना सार्वजनिक

0
Shares

एशियन लाईफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाईफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिने र न्यूनत्तम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।

बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । त्यसैगरी जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिने कम्पनीले जानकारी दिएको छ ।

जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५(पचहत्तर) प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइने जनाइएको छ ।

यस बीमा योजनामा अतिरिक्त बीमाशुल्कवापत बीमाशुल्क छुट सुविधा, मासिक आय सुविधा र अग्रिम जोखिम बहन सुविधा सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात शुरु गर्न सकिने कम्पनीको भनाई छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।