मुक्तिनाथ क्यापिटलले भन्यो ‘साधना लघुवित्तको समायोजित खण्डित सेयर केही दिनमा जम्मा गर्छौं’


मुक्तिनाथ क्यापिटलले साधना लघुवित्तको बोनस सेयर जम्मा गर्दा छुटेको खण्डित सेयर समायोजन गरेर केही दिन सेयरधनीको खातामा पठाउने भएको छ ।

यस अघि क्यापिटलले दुई आर्थिक वर्षको खण्डित सेयर होल्ड गरेर बोनस डिम्याट खातामा पठाएको थियो ।

दुई आर्थिक वर्षको गरी खण्डित सेयर समायोजन गर्दा एक कित्ता वा सोभन्दा बढी हुने सेयर केही दिनमा नै सेयरधनीको खातामा जम्मा गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र जोशीले नोटबजारलाई बताए ।

केन्द्रीय निक्षेप प्रणाली सिडिएससीको प्रणालीले खण्डित सेयरलाई समर्थन नगर्ने भएकाले यो काम थाँती बसेको उनको भनाई छ । खण्डित सेयरको म्यानुअल हिसाब मिलाएर सिडिएससिमा तथ्याङ्क पठाएर शेयर डिम्याट खातामा जम्मा गरिने उनले बताए ।

उता आशा लघुवित्तले भने गत आर्थिक वर्षको बोनस सेयर शेयरधनीको खातामा जम्मा गर्दा विगत वर्षका सबै खण्डित सेयर समेत समायोजन गरी एकमुष्ठ सेयर जम्मा गरेको छ । सेयर रजिष्ट्रारहरुले खण्डित सेयरको कामलाई झण्झटिलो मान्ने गरेका कारण साधना लघुवित्तको बोनस सेयरमा जस्तै अरु कम्पनीको सेयरमा पनि खण्डित सेशेयर पछि पठाउने गरेको भेटिएको छ । यसले सेयरधनीमा अन्यौलता उत्पन्न गराएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।