महालक्ष्मी विकास बैंकद्धारा विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले बद्धनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमका बीच स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ ।  बैंकको शखमुल शाखाले बद्धनगर वडा नं. १० मा अवस्थित उक्त विद्यालयलाई सहयोग गरेको हो ।

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै २७ वर्ष देखि सेवा प्रदान गर्दै आएको बैंकले “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ ।

बैंककोे शखमुल शाखाले बुद्घनगर वडा नं. १० मा अवस्थित विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् तथा विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए ।

सोही कार्यक्रममा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष श्याम तन्डुकारले विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन प्रदान गर्नुले छात्राहरुमा विद्यालय आउने थप हौसला मिलेको बताउँदै बैंकलाई धन्यवाद ज्ञापन व्यक्त्त गरेका थिए ।

बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।