एशियन लाइफको २७% लाभांश लिने कि नलिने ? आजै गर्नुस् निर्णय

0
Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले घोषणा गरेकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आव २०७६/ ७७ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी माघ २१ गते साधारण सभा आयोजना गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुक क्लोज गरेसँगै माघ ११ गते मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले ५० करोड २६ लाख ९० हजार १८२ रूपैयाँ बराबरको बोनस सेयर र कर सहित ४ करोड २ लाख १५ हजार २१४ रूपैयाँ नगद लाभांश गरी कुल ५४ करोड २९ लाख ५ हजार ३९६ रूपैयाँ लाभांश वितरण गर्नेछ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको छ । प्रस्तावित २५ प्रतिशत बराबरको ५० करोड २६ लाख रुपैयाँको बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।